site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ खर्ब २२ अर्बको आयात, ९८ अर्ब ७८ करोडको निर्यात
Tiktok banner adTiktok banner ad

काठमाडौं । अर्थतन्त्रका सूचक बलियो हुन थालेपछि आयात/निर्यातमा वृद्धि देखिएको छ । आर्थिक वर्षको पछिल्ला ६ महिनामा आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको हो ।

यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिभन्दा ७.०६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाउँछ ।

पुस महिनामा एक खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ बढीको वस्तु आयात भएको छ । मंसिरको तुलनामा यो १२ अर्ब रुपैयाँ बढी हो । विभागको तथ्यांकअनुसार कात्तिकदेखि आयात/निर्यातको सूचकांक बढेको छ ।

यस्तै, निर्यातमा पनि वृद्धि देखिएको छ । ६ महिनाको अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बराबरको मालसामान निर्यात भएको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको तथ्यांकले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा निर्यात ३१.७८ प्रतिशत बढेको देखिन्छ । विभागको तथ्यांकअनुसार पुसमा २५ अर्बको मालसामान निर्यात भएको छ ।

आयात बढेसँगै व्यापार घाटा पनि बढेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ६ महिनाको अवधि र अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा व्यापार घाटा ४.३८ प्रतिशत बढेको देखिन्छ ।

समीक्षा अवधिमा व्यापार घाटा साढे १३ अर्बले बढेर सात खर्ब २३ अर्ब रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ थियो ।

यसरी ६ महिनामा कुल नौ अर्ब २१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको विभागको तथ्यांकले देखाउँछ । जुन गत आर्थिक वर्षको तुलनामा ९.२५ प्रतिशतले बढी हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro