site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शपथ लिँदै डोनाल्ड ट्रम्प, यस्ता छन् केही तथ्य

काठमाडौं । अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार शपथ ग्रहण गर्दै छन् । दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न लागेका ट्रम्प गत नोभेम्बरमा डेमोक्र्याट उमेदवार कमला ह्यारिसलाई हराएर राष्ट्रपति निर्वाचित भएका थिए । यसअघि, उनले सन् २०१७–२०२१ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । उनीसँगै उपराष्ट्रपति निर्वाचित जेडी भान्स पनि शपथ लिँदै छन् ।

ट्रम्पले अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट शपथ ग्रहण गर्नेछन् । शपथ समारोहमा विदेशी नेताहरूको पनि सहभागिता रहनेछ ।

अमेरिकाको २३० वर्षको इतिहासमा पहिलो चुनावमा जितेर दोस्रोमा पराजित हुने तर तेस्रो चुनावबाट फेरि निर्वाचित हुने ट्रम्प दोस्रो राष्ट्रपति हुन् ।

आइतबार राति ट्रम्पले वासिङटन डीसीमा एउटा ठूलो र्‍यालीको आयोजना गरेका थिए । त्यस क्रममा उनले अब आजदेखि नयाँ दिनको सुरुवात हुने बताएका थिए । अमेरिकी पतनको चार वर्षको पर्दा बन्द भएर एक नयाँ दिनको सुरुवात हुने उनको भनाइ थियो । 

"हामीले जनादेशमात्र जितेका हैनौँ, हामीले एउटा नयाँ अमेरिकी बहुमत बनाएका छौँ । जसले हाम्रो देशलाई आगामी पुस्ताका लागि सफलतातर्फ नेतृत्व गर्नेछ," ट्रम्पले भने ।

ट्रम्पको शपथबारे केही तथ्यहरू :
– नेपाली समयअनुसार, आज राति १०:४५ बजे ट्रम्पले शपथ लिँदै छन् । अमेरिकी संविधानमै राष्ट्रपतिको शपथ ग्रहण समारोह प्रत्येक चार वर्षमा जनवरी २० मा नै हुने उल्लेख छ । जनवरी २० मा आइतबार परे जनवरी २१ मा शपथ समारोह आयोजना गरिन्छ ।

– समारोहको सुरुवा क्यापिटल भवनबाट हुनेछ । क्यापिटल भवन त्यही भवन हो, जहाँ बाइडेनको शपथ ग्रहणको दिन ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेका थिए ।

– त्यसपछि राष्ट्रपतिका रूपमा ट्रम्पले शपथ लिनेछन् । र, ४७औँ राष्ट्रपतिका रूपमा  उद्घाटन सम्बोधन गर्नेछन् ।

– त्यसपछि वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको औपचारिक बिदाइ हुनेछ । लगत्तै नयाँ राष्ट्रपति ट्रम्पले विभिन्न आदेशहरूमा हस्ताक्षर गर्ने छन् ।

एजेन्सीहरूको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro