site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चैत १९ भित्र क्रियाशील सदस्यता विवरण बुझाउन कांग्रेसको सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरी चैत १९ भित्र विवरण पठाउन सर्कुलर जारी गरेको छ ।

महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जारी गरेको सर्कुलरमा चैत १९ गते दिउँसो ३ बजेभित्र शूल्कसहित विवरण बुझाइसक्न निर्देशन जारी गरिएको छ ।

Dabur Nepal
NIC Asia

१५औँ महाधिवेशनका लागि पूर्वसर्तका रूपमा रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेपछि मात्र अन्य कार्यतालिकामा प्रवेश गर्ने बाटो खुल्छ । ०७८ मंसिरमा १३औँ महाधिवेशन गरेको कांग्रेसको नियमित महाधिवेशनको अवधि आगामी मंसिरमा सकिन्छ ।

कांग्रेसमा नियमित समयमा महाधिवेशन गर्ने र विधानले दिएका सबै सुविधा उपयोग गर्ने विषयमा संस्थापन र संस्थापनइतरबीत मतभेद रहेको छ । त्यहीकारण क्रियाशील सदस्यता वितरण नै नियमित हुन नसकेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले ताकेता गरेको हो ।

यस्ताे छ सर्कुलर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro