site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हाइटीमा गिरोह हिंसामा पाँच हजार ६ सयभन्दा बढीको मृत्यु : राष्ट्रसंघ

जेनेभा । हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार ६ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसंघले मंगलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो आँकडा एक हजारभन्दा बढी हो । यस अवधिमा हजारौँ घाइते भएका वा अपहरणमा परेका छन् ।

हिंसात्मक गिरोहहरूले राजधानी पोर्ट–अ–प्रिन्सको अधिकांश भाग नियन्त्रण गर्छन् । गरिब क्यारेबियन यो मुलुक दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रस्त छ र हालैका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले अझ खराब बनाएको छ । 

“यी तथ्यांकहरूले मात्रै हाइटीमा भइरहेको पूर्ण भयावहतालाई कैद गर्न सक्दैनन्, तर यसले मानिसहरूले भोगिरहेका निरन्तर हिंसालाई देखाउँछ,” राष्ट्रसंघका अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भने । 

Dabur Nepal
NIC Asia

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी समर्थन मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ । 

मंगलबारको विज्ञप्तिमा डिसेम्बरको सुरुमा राजधानीको साइट सोलेइल क्षेत्रमा शक्तिशाली वार्फ जेरेमी गिरोहका नेताद्वारा गरिएको नरसंहारमा कम्तीमा २०७ जनाको मृत्यु भएको बताइएको छ । 

धेरै पीडितहरू वृद्ध थिए । उनीहरूलाई वुडू (जादू टुना)मा संलग्न भएको आरोप लगाइएको थियो र गिरोहका नेताले आफ्नो बच्चालाई विष दिएको आरोप लगाएका थिए । संदिग्धहरूलाई ‘प्रशिक्षण केन्द्र’मा लगिएको थियो र त्यहाँ धेरैलाई मारिएपछि टुक्रा–टुक्रा पारिएको वा जलाएको थियो । 

सन् २०२४ मा संयुक्त राष्ट्रसंघको मानवाअधिकार कार्यालयले गिरोहका सदस्यहरू र गिरोहसँग सम्बन्धित व्यक्तिहरूको ३१५ वटा भिडन्त हत्याको अभिलेख राखेको थियो । केही अवसरमा हाइटीका प्रहरी अधिकारीहरूले सहयोग गरेको बताइएको छ । यसबाहेक गत वर्ष विशेष प्रहरी एकाइहरू संलग्न भएको कथित संक्षिप्त मृत्युदण्डका २८१ वटा घटनाहरू रहेको मानावधिकार कार्यालयले बताएको छ । 

“हाइटीमा मानवाधिकार उल्लंघन र दुर्व्यवहारका साथै भ्रष्टाचारको दण्डहीनता व्याप्त रहेको कुरा लामो समयदेखि स्पष्ट छ,” केन्या नेतृत्वको मिसनलाई ‘आफ्नो कार्यादेश सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रसद र वित्तीय सहयोग’ प्रदान गर्न आह्वान गर्दै टर्कले भने, “कानुनको शासन पुनर्स्थापना गर्नु प्राथमिकता हुनुपर्छ ।” 

टर्कले अधिकार दुरुपयोगमा संलग्न भएको बताइएका अधिकारीहरूलाई अन्तर्राष्ट्रिय सहयोगमा जवाफदेही बनाउन राष्ट्रिय प्रहरी बललाई पनि आह्वान गरे । उनले सुरक्षा परिषद्ले लगाएको प्रतिबन्ध र हतियार प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि पनि आह्वान गरे । 

“हाइटीमा प्रवाह हुने हतियारहरू प्रायः आपराधिक गिरोहहरूको हातमा पर्छन्, जसको दुःखद परिणाम हुन्छः हजारौँको मृत्यु, लाखौँ विस्थापित, आवश्यक पूर्वाधार र सेवाहरू, जस्तै स्कूल र अस्पतालहरू, अवरुद्ध र नष्ट भयो,” टर्कले भने । 

संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुखले हाइटीमा निरन्तर निर्वासनको निन्दा गर्दै भने, “देशमा तीव्र असुरक्षा र परिणामस्वरूप मानवाधिकार संकटले हाइटीका नागरिकहरूको सुरक्षित, मर्यादित र दिगो फिर्तीको अनुमति दिँदैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro