site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले भन्यो– इरानमा इजरायली आक्रमणबारे हामीलाई पहिले नै थाहा थियो
फाइल तस्बिर।

काठमाडौं । अमेरिकाले इरानमाथि इजरायलले गरेको आक्रमणबारे आफूलाई पूर्वजानकारी रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌को बैठकमा अमेरिकी प्रतिनिधि म्याकोई पिटले आक्रमणपूर्व इजरायलले अमेरिकालाई जानकारी गराएको बताएका हुन् ।

इजरायलले आत्मरक्षाका लागि आक्रमण आवश्यक रहेको बताएको अमेरिकाको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यी आक्रमणबारे अमेरिका पहिले नै जानकार थियो । तर, अमेरिकाले उक्त आक्रमणमा कुनै पनि प्रकारको सैन्य सहयोग गरेको छैन,” पिटले भने ।

उनले आफूहरूको प्रमुख प्राथमिकता अमेरिकी नागरिक, कूटनीतिक कर्मचारी र सैनिकहरूको सुरक्षा रहेको बताएका छन् ।

उनले इरानले अमेरिकी नागरिक, सैन्य अड्डा वा अमेरिकी स्वार्थमा हमला गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे नयाँ सम्झौता गर्न आग्रह गरेका छन् । अन्यथा इरानले इजरायलले थप कडा आक्रमण गर्न सक्ने ट्रम्पको भनाइ छ ।

शुक्रबार बिहानै इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीचको तनाव उच्चविन्दुमा पुगेको छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्