site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले गर्‍यो इजरायली आक्रमणको निन्दा

काठमाडौं । चीनले इजरायलले इरानमा गरेको आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्‌कालीन बैठकमा चीनका प्रतिनिधि फू कोङले इजरायलले इरानको सार्वभौमिकताको उल्लंघन गरेको बताएको बीबीसीले जनाएको छ ।

आज बसेको परिषद्को बैठकमा उनले इरानको सुरक्षा र भौगलिक अखण्डताको हनन भएको बताएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायलले आक्रमणले जारी आणविक वार्तामा नकारात्मक प्रभाव पारेको बेइजिङको भनाइ छ । बेइजिङले इजरायललाई तत्काल सबै सैन्य कारबाही रोकेर तनावलाई नबढाउन आग्रह गरेको छ ।

फूलेले आणविक आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्न पाउने इरानको अधिकारलाई सम्मान गर्नुपर्ने पनि बताए ।

चीन तेहरानको एक प्रमुख साझेदार हो । विशेषगरी, ऊर्जा र पूर्वाधारका क्षेत्रमा दुई देश साझेदारी गर्दै आएका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्