काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले 'नो हर्न प्लिज', 'नो स्टपिङ', 'स्पीड लिमिट' र 'नो पार्किङ' जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको हो ।
जसले सडक सुरक्षाबारेमा जनचेतना फैलाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
जापानको पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ । सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध रहेको बताइएको छ ।