site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् नियमन आयोगको ‘डीएमएस’ सञ्चालनमा, अनलाइनबाटै सबै काम हुने

काठमाडौं । विद्युत् नियमन आयोगले अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस)’ सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीलाई सहज, छिटो, छरितो र प्रभावकारी बनाउन डीएमएस सञ्चालनमा ल्याएको हो । आयोगले प्रदान गर्ने सेवा अनलाइनमार्फत हुनेछ । बुधबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त प्रणालीको शुभारम्भ गरे ।

Dabur Nepal
NIC Asia

डीएमएस प्रणालीले आयोगमार्फतप्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जवाफदेही बनाउन मद्दत गर्ने अध्यक्ष रामप्रसाद धितालले जानकारी दिए ।

उक्त प्रणाली लागु भएसँगै अनुमतिपत्र सेयरको सार्वजनिक निष्कासन, विद्युत् खरिद बिक्री सम्झौता लगायतका सम्पूर्ण काम कारबाही अनलाइन माध्यमबाटै हुने धितालले जनाए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् नियमन आयोगले अझै नियमनकारी भूमिका खेल्न जरुरी रहेको बताए । उनले नेपाल विद्युत् प्राधिकरणलगायत ऊर्जा मन्त्रालय मातहत रहेका निकायहरूलाई नियमन गर्न जरुरी रहेको बताए ।

सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको निर्णय ऐतिहासिक भएको समेत बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro