site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चाइना फिल्म डे’मा चिनियाँ अभिनेत्री यु हङ नेपाल आउने

काठमाडौं । काठमाडौंमा आयोजना हुने एकदिवसीय ‘चाइना फिल्म डे’का लागि चिनियाँ भ्रमण टोलीको टुंगो लागेको छ । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अनुसार, १४ सदस्यीय टोलीको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले गर्नेछन् ।

टोलीमा गोल्डेन रुस्टर अवार्ड विजेता फिल्म ‘जी फर ग्याप’की अभिनेत्री यु हङ पनि समावेश छिन् । उनी कार्यक्रमको मुख्य आकर्षण हुने आयोजकको अपेक्षा छ । उनले फिल्म स्क्रिनिङपछि दर्शकसँग अन्तरक्रिया पनि गर्ने छिन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

टोलीमा चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ र टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ पनि सहभागी छन् ।  

कार्यक्रममा फिल्म ‘पर्सनल पर्सिसटेन्स’का निर्देशक जिङ जिआओ, ‘लाइफ अफ लुओसाङ’का पटकथा लेखक लु वेई र निर्देशक झाङ गुदोङ, साथै ‘मिडसमर भोइस’का निर्देशक झाङ युडी समेत उपस्थित हुनेछन् ।  

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी, चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास र चाइना फिल्म आर्काइभको संयुक्त आयोजनामा क्यूएफएक्सको छाया सेन्टरमा हुन लागेको कार्यक्रममा तीन चिनियाँ फिल्म प्रदर्शन गरिनेछ । जसमा यी हुई साओ निर्देशित फिल्म ‘हर स्टोरी ओपनिङ’ फिल्म रहनेछ । त्यस्तै, युडी झाङ निर्देशित ‘मिडसमर भोइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ फिल्महरू स्क्रिनिङपछि निर्माण टोलीले दर्शकसँग अन्तक्रिया गर्ने कार्यक्रम छ ।   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro