site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ एडल्ट ड्रामा ‘दुखी आत्मा’को टिजर ?

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका आँचल शर्मालायत कलाकारलाई देख्न सकिन्छ । 

‘दुखी आत्मा’ एडल्ट विषयवस्तुमा तयार भएको चलचित्र हो । चलचित्रमा द्विअर्थी लाग्ने संवादहरू प्रशस्त छन् । 

फागुनको २ गतेबाट रिलिजमा आउने चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदीप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

चलचित्रमा दयाहाङ र आँचलसँगै अनुप विक्रम शाही, वुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro