site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अबदेखि चलचित्र प्रदर्शनपूर्व चलचित्र संघ र निर्माता संघको सदस्यता लिनुपर्ने

काठमाडौं । अबदेखि चलचित्र प्रदर्शनका लागि नेपाल चलचित्र संघ र निर्माता संघको सदस्यता लिएको हुनुपर्ने भएको छ । आज बसेको संयुक्त कार्यदलको बैठकले माघ १ गतेदेखि लागु हुने गरी चलचित्र प्रदर्शनका लागि सदस्यता लिनुपर्ने व्यवस्था गरेको कार्यदलका संयोजक निर्माता उदय सुब्बाले जानकारी दिए ।

उनका अनुसार, यो बाध्यकारी व्यवस्था भने होइन । तर, दुवै संघको सदस्यता लिएकाहरूले विभिन्न सुविधा पाउँछन् ।

"पहिलेपहिले हलहरूमा ट्रेलर देखाउन पैसा तिर्नुपर्थ्यो । सदस्यता लिएपछि १४ दिनसम्म हलमा ट्रेलरको पैसा लाग्दैन," उनले भने ।

यस्तै, अबदेखि सदस्यता लिएपछि मात्र प्रदर्शन अवधिभर हल सञ्चालक र फिल्म निर्माताले ५०–५० प्रतिशत सेयर बाँडफाँटको सुविधा पाउनेछन् । सदस्यता नलिएकाले यो सुविधा पाउने छैनन् ।

"एउटाले संघर्ष गर्ने, प्रयोग अर्कोले गर्ने, सदस्यता नलिएकाहरूले आफूलाई पर्दामात्र संघको प्रयोग गर्ने प्रवृत्ति देखियो । संघलाई पनि बचाउनुपर्‍यो । सबै सदस्य बन्ने सदुयोग पनि सबैले गर्ने हिसाबमा यस्तो व्यवस्था गरेका हौँ," सुब्बाले भने ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro