site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कार्साङ’को अग्रिम बुकिङ खुला, क्यूएफएक्सले कति दियो शो ?

काठमाडौं । चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्सलगायत केही मल्टिप्लेक्सले अग्रिम बुकिङ खुला गरेका हुन् । 

‘कार्साङ’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्ना देशभरका चेनमा ४९ शो दिएको छ । काठमाडौं उपत्यकाभित्रका आउटलेटमा २१ र उपत्यकाबाहिरका हलमा २८ शो उपलब्ध गराएको छ । 

एफक्यूबले ६ शो उपलब्ध गराएको छ । अन्य मल्टिप्लेक्सले बुकिङ खुला गर्न बाँकी छ । 

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’लाई यम शेर्पाले निर्देशन गरेका छन् । 
 
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । 

सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro