site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्डविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा श्रीलंकाको जित

काठमाडौं । कुशल परेराको शतकप्रेरित श्रीलंकाले घरेलु टिम न्युजिल्यान्डविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा सात रनको जित निकालेको छ । बिहीबार न्युजिल्यान्डको नेल्सनमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाबाट तेस्रो क्रमका ब्याटर कुशल परेराले १०१ रनको शतकीय इनिङ खेले । उनले ४६ बलमा १३ चौका र चार छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पहिलो शतक हो । योसँगै उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन जोड्ने पहिलो क्रिकेटरसमेत बने । 

परेराबाहेक, कप्तान चरिथ असलंकाले २४ बलमा पाँच छक्का र एक चौकासहित ४६ रन बनाए । ओपनर कुशल मेन्डिसले २२, अभिस्का फर्नान्डोले १७ र पथुम निसांकाले १४ रन थपे ।

Dabur Nepal
NIC Asia

न्युजिल्यान्डका म्याट हेन्री, जाकोप डफी, जाकारी फकेस, मिचेल स्यान्टनर र डार्यल मिचेलले समान एक विकेट लिए ।

जितका लागि २१९ रनको लक्ष्यसहित मैदान उत्रिएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २११ रनमात्र बनाउन सक्यो । 

न्युजिल्यान्डका रचिन रविन्द्रले ६९ रन बनाए पनि हार टार्न सकेनन् । टिम रोबिन्सनले ३७, डार्यल मिचेलले ३५, जाकारी फकेसले २१ र कप्तनन मिचेल स्यान्टनरले १४ रन जोडे । 

श्रीलंकाका चरिथ असलंकाले तीन विकेट लिए । वनिन्दु हसरंगाले दुई विकेट लिँदा नुवान थुसारा र महिस थिक्षणाले समान एक विकेट लिए । 

श्रीलंकाको जितका बाबजुद तीन खेलको ट्वान्टी–२० शृंखला न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले २–१ ले शृंखला जितेको हो । यसअघि, शृंखलाको पहिलो खेलमा न्युजिल्यान्डले आठ र दोस्रो खेलमा ४५ रनको जित निकालेको थियो । 

यी दुई टिमबीच अब तीन खेलको एकदिवसीय शृंखला हुनेछ । एकदिवसीय शृंखला आइतबारदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro