site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आर्मीले रोकेपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ पर्न सकेनन्

काठमाडौं । ६ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरी मिसन रोकिएको छ ।

युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छोकेको बीबीसीले लेखेको छ । युनको सुरक्षा दस्ता र सेनाले प्रहरीलाई रोक्नका लागि भनेर बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो ।

युनमाथि शक्तिको दुरुपायोग गरेको र मार्सल कानुन लागु गर्न खोजेको भन्दै महाअियभेग प्रस्ताव संसदमा पुगेको छ । संसदमा महाअभियोग प्रस्ताव पुगेपछि उनी निलम्बित भएका थिए । दक्षिण कोरियामा संसदको महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्छ ।

तर, अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो । त्यही अनुमतिका आधारमा प्रहरीको टोली शुक्रबार युनलाई पक्राउ गर्न गएको थियो । प्रहरीका २० वटा टोली बिहान ८ बजे नै युनको घरमा पुगेका थिए ।

तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्ने मिसन रोकेको बताएको छ । अहिलेलाई युनलाई पक्राउ गर्ने मिसन रोकिएपछि अब के हुन्छ भनेर निश्चित भएको छैन ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro