site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ज्वरो आएको छ ? इन्फ्लुएन्जा हुनसक्छ, यी हुन् लक्षण

काठमाडौं । जाडो महिनामा मानिसमा इन्फ्लुएन्जाको सम्भावना बढी हुन्छ । इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा ‘फ्लु’ भनिन्छ ।

इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । सबै उमेरका मानिसलाई फ्लु लाग्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

फ्लु भएका मानिसले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । “ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लु लाग्न सक्छ,” केन्द्रले भनेको छ ।

केन्द्रका अनुसार, ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु फ्लुका लक्षण हुन् । फ्लु भएका सबैलाई ज्वरो नआउन पनि सक्ने केन्द्रले स्पष्ट पारेको छ ।

यसको रोकथामका निम्ति बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्न केन्द्रले सचेत गराएको छ । खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्न, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न, शारीरिक रूपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ तथा पौष्टिक खाना खान र आफ्नो आँखा, नाक वा मुख नछुन पनि केन्द्रले सचेत गराएको छ ।

“फ्लु भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन । दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुहोला,” केन्द्रको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro