site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुगलमा सबैभन्दा धेरै खोजिने एथलेट बनिन् इमान खेलिफ, शीर्ष १० मा छैनन् मेसी र रोनाल्डो
Tiktok banner adTiktok banner ad

काठमाडौं । गएको अंग्रेजी वर्ष सन् २०२४ मा अल्जेरियन महिला बक्सर इमान खेलिफ गुगलमा सबैभन्दा धेरै खोजिने एथलेट बनेकी छिन् । चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने यो सूचीको शीर्ष १० मा अटाएनन् ।

गुगलमा खेलतर्फ सबैभन्दा धेरै खोजिने खेलाडीको सूचीमा खेलिफ शीर्ष स्थानमा छिन् । अल्जेरियाकी महिला बक्सर खेलिफ पेरिस ओलम्पिक–२०२४ मा स्वर्णपदक विजेतासमेत हुन् । खेलिफ यही प्रतियोगितापछि विवादमा समेत तानिएकी थिइन् ।  

ओलम्पिक प्रतिस्पर्धामा खेलिफसँग पराजित भएपछि इटालियन बक्सर एन्जेला कारिनीको अभिव्यक्तिपछि खेलिफ चर्चामा आएकी थिइन् । कारिनीले पराजित भएपछि आफूले यसअघि कहिल्यै पनि बक्सिङ रिङमा खेलिफको जस्तो प्रहारको अनुभव नगरेको बताएकी थिइन् । यसपछि खेलिफको लैगिंकतामाथि प्रश्न उठ्दा उनी ‘महिला नै नभएको’ जस्ता टिप्पणी आएको थियो । 

तर, उनले आफ्नो स्पर्धाको फाइनलमा ताइवानकी लिन यु–टिङलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । उनले ओलम्पिकमा अपराजित रहँदै स्वर्ण जितेकी हुन् ।

वर्ष २०२४ मा अर्का भेट्रान बक्सर माइक टाइसन दोस्रो सबैभन्दा धेरै गुगल गरिने एथलेट बनेका छन् । ५८ वर्षीय माइक टाइसन बक्सिङ करिअरबाट सन्यास लिएको लामो समयपछि २७ वर्षीय जेक पाउलसँग प्रतिस्पर्धामा उत्रिएपछि चर्चामा आएका थिए । 

list-1735897765.png
 

उक्त सूचीको तेस्रो स्थानमा स्पेनका युवा फुटबलर लामिन यमल छन् । स्पेनले युरो २०२४ को सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदा यमलले १८ यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए । यसपछि यी १६ वर्षीय किशोरको चर्चा चुलिएको थियो । युरो–२०२४ को उपाधि स्पेनले जित्दा यमल प्रतियोगिताको उदियमान खेलाडीसमेत चुनिएका थिए । 

सूचीको चौथो स्थानमा अमेरिकन जिम्न्यास्ट सिमोन बिलेस छिन् । उनले पेरिस ओलम्पिक २०२४ मा चार पदक जित्दै सनसनी मच्चाएकी थिइन् । जसमा तीन स्वर्ण र एक रजत पदक छन् । 

पाँचौँ स्थानमा भेट्रान बक्सर माइक टाइसनविरुद्ध प्रतिस्पर्धामा उत्रिएका अर्का युवा बक्सर ज्याक पाउल छन् ।

छैटौँ स्थानमा स्पेनका अर्का युवा फुटबलर निको विलियम्स, सातौँ स्थानमा भारतीय क्रिकेटर हार्दिक पन्ड्या, आठौँ स्थानमा अमेरिकी गल्फर स्कटी सेफ्लर, नवौँ स्थानमा भारतीय क्रिकेटर शशांक सिंह र १०औँ स्थानमा स्पेनका फुटबलर रोड्री छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro