site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वकीयविरुद्ध एमालेमा परेको उजुरी लेखा समिति सभापतिले नै मिल्काए, पीडितका कुरै नसुनी जोगाए !

विराटनगर । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिवविरुद्ध पहिला परेकोे उजुरी मिल्काउँदै बचाएको खुलेको छ ।

स्वकीय सचिव अनिल पोखरेलविरुद्ध एमाले मोरङमा पहिल्यै परेको उजुरी परेको थियो, जतिखेर ऋषिकेश पोखरेल एमाले मोरङ अध्यक्ष थिए । उनले पार्टीमा अनिलविरुद्ध परेको मिल्काएपछि बचेका थिए । अनिल पोखरेल पनि एमालेको मोरङ जिल्ला सदस्य हुन् ।

तर, अध्यक्ष पोखरेलले उजुरी नसुनी नजरअन्दाज गरेपछि पीडितले अदालतको बाटो रोजेको देखिन्छ । सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग स्वकीय सचिव पोखरेलले पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको पीडितको भनाइ छ । 

चौधरीले आफू एमाले नेताबाटै ठगिएको जानकारी गराउँदै २०७८ पुस २७ गते एमाले मोरङमा उजुरी गरेका थिए । स्वकीय सचिव पोखरेल मोरङको रंगेली नगरपालिका–२ का वासिन्दा हुन् । हाल उनी काठमाडौं बस्छन् । ४३ वर्षीय पोखरेलविरुद्ध ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप लागेको छ । 

घटना सार्वजनिक भएलगत्तै पोखरेलले स्वकीयलाई पदबाट हटाएका छन् । पोखरेलले स्वकीय सचिवबाट हटाएको पत्र संघीय संसद् सचिवालयलाई शुक्रबार पठाइसकेका छन् । 

धनपालथान गाउँपालिकाको कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थामा करोडौं रकम अपचलन गरेको आरोपमा सभापति पत्नी अञ्जला कोइरालाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी फरार छिन् ।

उक्त प्रकरणको छानबिन तथा बयान शुरु नहुँदै पोखरेलका स्वकीय ठगी सम्बन्धी अर्को मुद्दामा तानिएका हुन् । पछिल्लो ठगीको विषयमा समेत अनुसन्धान शुरु गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । दोस्रो प्रकरण बाहिर आएपछि सभापति पोखरेलले पदबाट राजीनामा दिनुपर्ने सामाजिक सञ्जालमा बहससमेत शुरु भएको छ ।

पीडितले आफू ठगिएको उजुरी पार्टी कार्यालयमा दिएका थिए । तर, पार्टीको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिरहेका पोखरेलले उक्त विषय नजरअन्दाज गरी अनिललाई बचाउने काम गरेको आरोप चौधरीको छ ।

स्वकीय सचिव पोखरेलविरुद्ध अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि पीडितले पहिल्यै न्याय निरुपणको प्रयास गरेको थप खुलासा भएको हो । “उनको कर्तुतबारे पार्टीलाई जानकारी गराउने उद्देश्यसाथ म नेकपा (एमाले) पार्टी कार्यालय मोरङ पुगेर उजुरी दिएको थिएँ । तर त्यसलाई अध्यक्षले वास्ता नगरी छानबनि समेत गरिएन,” उनले भने । 

चौधरीका अनुसार, छोरी दीक्षालाई चिकित्सा शिक्षा अध्ययनअन्तर्गत (एमबीबीएस) तहमा नाम निकालिदिने भनी पटक–पटक गरी पैसा लिनुभयो । बैंकबाट पठाएको भौचरको सक्कल प्रति अझै मसँग सुरक्षित छ, तर छोरी अनुत्तीर्ण भइन् । पछि पैसा फिर्ता माग्दा उल्टै मलाई धाकधम्की दिइयो ।

उनले सात पटक पोखरेललाई पैसा पठाएको दाबी गर्छन् । उनका अनुसार, नबिल बैंक लिमिटेडमा पोखरेलको नाममा रहेको बचत खाता नं. ३५१००१७५०३९८१ मा पैसा पठाइएको थियो । 

स्वकीयले काठमाडौ बोलाएर उल्टै ५० लाख रुपैयाँ ऋण दिएको भनी कपाली तमसुक बनाएको चौधरीले सुनाए । “यो घटना २०७८ फागुन ९ गतेको थियो । ऋण चुक्ता गरिदिन्छु भनी मलाई काठमाडौ बोलाउनु तर पुरानो मितिमा किर्ते कागज बनाई तमसुक गराए,” चौधरीले गुनासो गरे ।

ठगीबारे चौधरीले जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दर्ता गर्ने प्रयास समेत गरेका थिए । तर, प्रहरीले लिएन । प्रमाण नपुग्ने भन्दै जाहेरी नलिएपछि २०७९ साउन १८ गते हुलाक निर्देशनालय विराटगरमार्फत ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा जाहेरी दरखास्त जिल्ला प्रहरी मोरङमा पठाए ।

त्यो पत्र प्रहरी कार्यालयले बुझेको पोष्टम्यान बुकमा देखिन्छ । तर, बौआलाल चौधरीको नामबाट कुनैपनि उजुरी नाआएको जिकिर प्रहरीको छ ।

त्यसपछि चौधरीले उच्च अदालत विराटनगरमा २०७९ साउन ३१ गते ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गराइ अनुसन्धान गर्न परमादेश माग गरेका थिए । गत भदौ ३१ गते उच्चले दिएको परमादेश पुस ११ गते प्रमाणीकरण भएको हो ।

ठगी गरेको आरोप लागेका स्वकीय सचिव अनिल पोखरेलले आफूविरुद्ध समाचार प्रकाशन प्रसारण हुन थालेपछि आफ्नो फेसबुक पेज समेत लक गरेका छन् । तत्कालीन स्वकीय सचिव भाष्कर खनाल परिवारसहित विदेश गएपछि लेखा समिति सभापति पोखरेलले अनिललाई नियुक्त गरेका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro