site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ शेखले विवाह गरेका छन् ।

आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् । पर्सा वीरगन्जका आरिफ र बाराको कलैयाकी खातुनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

आरिफका सहोदर भाइ आसिफ शेखले पनि आज (शुक्रबार) विवाह गर्दैछन् । उनले पनि वीरगन्जबाटै विवाह गर्न लागेका हुन् ।

यी दुवै दाजुभाइ पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहँदै आएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दा आरिफले सुदूरपश्चिम रोयल्सबाट प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro