site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वालिङको पोस्टमा पुलिसको पाँच गोल

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विभागीय टोली नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुलिसलाई जित दिलाउन अनुष्का शेर्पा र सम्झना लावतीले समान दुई गोल गरे । यस्तै, अर्को एक गोल पुजा रानाले गरिन् ।

खेलको २६औँ मिनेटमा अनुष्काको गोलमा पुलिसले अग्रता बनाएको थियो । ४५औँ मिनेटमा सम्झनाले पुलिसको अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा २–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो ।

४६औँ मिनेटमा पुजा रानाले गोल गर्दै पुलिसको अग्रतालाई ३–० मा पुर्‍याइन् । त्यसको दुई मिनेटपछि नै अनुष्काले पुलिसको अग्रतालाई ४–० मा पुर्‍याइन् । ६०औँ मिनेटमा सम्झनाले दोस्रो गोल गरेपछि पुलिसले अग्रतालाई ५–० मा पुर्‍याएको हो ।

जितसँगै पुलिसले तीन अंक जोड्दा वालिङले भने दोस्रो चरण हारबाट सुरु गरेको छ । महिला लिग दोस्रो चरणको यो दोस्रो खेल हो । यसअघि बिहीबार भएको पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले सर्लाहीको वाग्मती युवा क्लबविरुद्ध २–० को जित निकालेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro