site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । आइतबार दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । 

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो । 

विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ः०७मा भएको थियो । 

योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए, विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro