site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहसचिवमा १० प्रतिशत खुलाबाट पदपूर्ति गर्न लोकसेवाको सुझाव

काठमडौं । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामति सेवाको सहसचिव पदमा दश प्रतिशत खुला प्रतिस्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन निजामति विधेयकमा सुझाव राख्न पुगेका अध्यक्ष रेग्मीले त्यस्तो प्रावधानले निजामति सेवालाई अझ प्रतिस्पर्धी बनाउने र कार्यरत उपसचिवहरू कामको मूल्यांकनबाट नम्बर ल्याउन केन्द्रित हुने तर्क गरे । 

“माथिल्लो तहमा १० प्रतिशत खुला र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्ति गर्नु उपयुक्त हुन्छ,” सुझावमा रेग्मीले भनेका छन्, “यसो गर्दा दक्ष पनि खुलाबाट आउन सक्छन् भने सेवामा रहेकाहरू पनि खुलामा नाम निकाल्ने भनेर परीक्षाकै तयारीमा रहँदैनन् । आन्तरिक मूल्यांकन बढाउन काममै केन्द्रित हुन्छन् ।” 

रेग्मीको प्रस्ताव समितिबाट अनुमोदित भए उपसचिवसम्म मात्र रहेको खुला प्रतिस्पर्धा सहसचिवसम्म विस्तारित हुनेछ । उनले सेवा प्रवेशका लागि पनि अहिले कायम रहेको उमेर हद घटाउने प्रस्ताव गरेका छन् । 

निजामतिमा सेवा प्रवेशका लागि उमेरहद ३२ वर्ष र ३७ नै उपयुक्त हुने उनको प्रस्ताव छ । अहिले लोकसेवा आयोगमा खुलामा पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ४० वर्षको उमेर हद कायम छ । 

प्रस्तावित विधेयकमा राखेको प्रस्तावलाई अध्यक्ष रेग्मीले उपयुक्त भनेका हुन् । 

रेग्मीले निजामति सेवामा फरक–फरक दलका ट्रेड युनियन राख्न नहुने भन्दै एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्दा उपयुक्त हुने सुझाव राखेका छन् ।

“एक मात्र आधिकारिक ट्रेड युनियनमा केन्द्रित गरिनुपर्छ,” अध्यक्ष रेग्मीले भने । 

रेग्मीले अनिवार्य अवकाश हुने उमेरहद भने दुई वर्ष थपिने गरी प्रस्ताव गरेका छन् । अहिले कायम रहेको अनिवार्य अवकास हुने उमेरहद ५८ वर्षलाई ६० वर्ष बनाउनु उपयुक्त हुने उनको सुझाव छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro