site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र गर्मी ल्यायो : राष्ट्रसंघ

जेनेभा । संयुक्त राष्ट्रसंघले सोमबार जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ । ।

राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुन लागेको यो वर्ष हालसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) का अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको छ र यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको छ ।

“मौसमी घटनाहरूको बढ्दो घटना र प्रभावका रूपमा करिब दैनिक रूपमा जलवायु परिवर्तन हाम्रो आँखा अगाडि देखापरिरहेको छ,” डब्लूएमओका महासचिव सेलेस्टे साउलोले भने, “यस वर्ष हामीले रेकर्ड तोड्ने वर्षा र बाढीका घटनाहरू र धेरै देशमा भयानक जनधनको क्षति देख्यौँ, जसले हरेक महादेशका समुदायहरूलाई हृदयविदारक बनायो ।”

“उष्णकटिबन्धीय चक्रवातहरूले भयानक मानव र आर्थिक क्षति निम्त्यायो, हालसालै हिन्द महासागरको फ्रान्सेली विदेशी विभाग मायोटमा यस्तै भएको थियो”, उनले भने, “तीव्र गर्मीले दर्जनौँ देशलाई पोल्यो, धेरै अवसरमा तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्यो । डढेलोले विनाश मच्चायो ।” रासस/एएफपी

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्