राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालबाट राष्ट्रपति पौडेलले भारत सरकार, भारतीय जनता र सिंहको परिवारका सदस्यमा समवेदना व्यक्त पनि गरेका छन् ।
उनले सिंह भारतको दूरदर्शी नेता भएको स्मरण गरेका गरेका छन् ।
पूर्वप्रधानमन्त्री सिंहको निधन बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १९:३०
प्रतिक्रिया दिनुहोस्