site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले भन्यो– पार्टीमा गुटउपगुट छैन, कार्यवाहक सभापतिबारे विवाद छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र गुटउपगुट नभएको दाबी गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकपछि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा फरक मत हुन सक्ने तर गुटउपगुट नभएको जिकिर गरे ।

“पार्टीमा फरक मत हुन सक्छ । तर, गुटउपगुट छैन । आजसम्मको पार्टीको रेकर्ड हेर्ने हो भने हामी एकढिक्का भएर निष्कर्षमा पुगेको अवस्था छ । त्यो कारणले पार्टीमा गुटउपगुटहरू छैन,” बुर्लाकोटीले भने ।

उनले कार्यवाहक सभापति तोक्ने विषयमा पनि पार्टीमा कुनै विमति नरहेको बताए । पार्टीको विधानअनुसार कार्यवाहक सभापति तोकिएको उनको भनाइ छ ।

संसदीय दलको नेता पनि सहमतिमै तोकिने बुर्लाकोटीको भनाइ छ । उनले संसद्‌को आगामी अधिवेशनअघि नै संसदीय दलको नेताको टुंगो लाग्ने बताए । उनले रास्वपाभित्र संसदीय दलको नेता हुन योग्य सांसदहरू धेरै भएको पनि बताए ।

उनले पार्टी सभापति रवि लामिछानेको विषय अदालतमा गइसकेकाले न्यायिक निरूपण हुनेमा आफूहरू विश्वस्त रहेको बताए । “त्यो कारणले गर्दाखेरि नै हामीले सम्पूर्ण न्यायिक प्रक्रियालाई सघाएर जाने निर्णय गरेका हौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro