site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरिजाप्रसाद कोइरालालाई विमानस्थल पुगेर स्वागत गर्ने एक्ला भारतीय प्रधानमन्त्री सिंह 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका अर्थशास्त्री डा. महनमोहन सिंहको ९२ वर्षकोे उमेरमा निधन भएको छ । घरमै बेहोस भएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) पुर्‍याइएका सिंहको अस्पतालमै निधन भएको हो ।

लगातार दुई कार्यकाल १० वर्ष प्रधानमन्त्री हुँदा आधुनिक भारतीय अर्थतन्त्रको जग बसालेको श्रेय उनलाई जान्छ । आफ्नो प्रधानमन्त्री कालमा एकपटक पनि नेपाल नआएका भारतीय प्रधानमन्त्री सिंहलाई नेपालका राजतन्त्र पक्षधरबाहेकले असल नेताका रूपमा सम्मान गर्छन् । 

राजतन्त्र पक्षधरहरूले भने सशस्त्र संघर्षमा रहेको तत्कालीन माओवादीलाई संरक्षण दिएको र शान्ति प्रक्रियामा सघाउँदै नेपालमा गणतन्त्र ल्याउने भूमिका खेलेको भनेर उनका विषयमा टिप्पणी गर्ने गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

डा. सिंह भारतको प्रधानमन्त्री हुँदा नेपालमा भने सूर्यबहादुर थापा, ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको नेतृत्व गरेका थिए । त्यसअवधिमा कोइराला, प्रचण्ड, नेपाल र डा. भट्टराई गरी चार प्रधानमन्त्रीलाई सिंहले भारतमा स्वागत समेत गरेका थिए । 

तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गरेको स्वागत भने नेपाल–भारत सम्बन्धको इतिहासमा स्मरणीय बनेको छ । डा. सिंहले प्रधानमन्त्री कोइरालालाई विमानस्थलमा आफैँ स्वागत गर्न पुगेपछि भारतीय कूटनीतिक क्षेत्र नै तरंगित भएको थियो । त्यसक्रममा डा. सिंहले नेपालको शान्ति प्रक्रियामार्फत सशस्त्र माओवादी द्वन्द्व व्यवस्थापनका कारण उनी विशेष उचाइको राजनीतिज्ञका रुपमा आफूले सम्मान दिएको बताएका थिए । 

Royal Enfield Island Ad

उनले गिरिजाप्रसाद कोइरालालाई ‘टावरिङ लिडर अफ एसिया’ भनेका थिए । सिंहले ‘आज म नेपालको प्रधानमन्त्रीलाई मात्र स्वागत गर्न आएको होइन, लोकतान्त्रिक आन्दोलनका एउटा नेताको स्वागत गर्न आएको’ भनेका थिए ।
 
सिंहको निधनमा नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले शोक व्यक्त गर्दै सामाजिक संजालमा सार्वजनिक समेत गरेका छन् ।
 
राष्ट्रपति रामचन्द्र पौडेलले सिंहको निधनमा शोक व्यक्त गर्दै भारत सरकार, भारतीय जनता र शोक सन्तप्त परिवारजनमा गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सिंहलाई दूरदर्शी नेता भनेका छन् ।
 
“भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनले हामी गहिरो दुःखी छौँ । डा. सिंह भारतका दूरदर्शी नेता थिए,” राष्ट्रपति पौडेलले भनेका छन्, “म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना र समवेदना व्यक्त गर्दछु ।”

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहसँगको फोटोसहित शोक व्यक्त गरेका छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीका रूपमा भेटवार्ता गरेका प्रधानमन्त्री ओलीले फाइल तस्बिर भनेर फोटोसमेत प्रकाशित गरेका छन् ।

“मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु,” प्रधानमन्त्री ओलीले भनेका छन्, “दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।”

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहको निधनले नेपालले एक असल मित्र गुमाएको भन्दै शोक प्रकट गरेका छन् ।

“भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनले म गहिरो दुःखी छु । उहाँको निधनले हामीले नेपालका एक असल मित्र गुमाएको छौँ,” देउवाले भनेका छन्, “म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।  उहाँको दिवंगत आत्माले शान्ति पाओस् !”

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सिंहलाई असाधारण नेता भन्दै शोक प्रकट गरेका छन् । आफूसँगकोे भेटवार्ताको फोटोसहित शोक प्रकट गरेका उनले सिंहको विरासतले सिंगो पुस्तालाई प्रेरणा दिने उल्लेख गरेका छन् ।

 “दूरदर्शी नेता तथा असाधारण राजनेता डा. मनमोहन सिंहको निधनले गहिरो दुःख लागेको छ,” प्रचण्डले भनेका छन्, “उनको परिवार र भारतका जनताप्रति मेरो हार्दिक समवेदना । उनको विरासतले पुस्तालाई प्रेरणा दिनेछ ।”
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फोटो नराखी शोक प्रकट गरेका छन् । 

“भारतका सम्माननीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र मेरो तर्फबाट सिंह परिवार, भारतका प्रधानमन्त्री, भारत सरकार र भारतका जनतामा हार्दिक समवेदना प्रकट गर्दछु,” नेपालले भनेका छन्, “उहाँको निधन भारतका लागि मात्र नभई सम्पूर्ण विश्व समुदायको लागि ठूलो क्षति हो ।”

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले सिंहको निधनले नेपालले एक असल मित्र, भारतले अग्रगामी आर्थिक सुधारकर्ता र विश्वले एक उत्कृष्ट अर्थशास्त्री गुमाएको भन्दै शोक प्रकट गरेका छन् । 

डा. भट्टराईले सिंहलाई बुद्धि, निष्ठा र विचारको प्रतीक भन्दै समकालीन समयको नेताहरूमै दुर्लभ भनेर चित्रण गरेका छन् । 

“भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनले नेपालले एउटा असल मित्र गुमाएको छ । भारतले एक अग्रगामी आर्थिक सुधारकर्ता गुमाएको छ । संसारले एक उत्कृष्ट अर्थशास्त्री र असल मानव गुमाएको छ । मैले व्यक्तिगत रूपमा एक इमान्दार र भरपर्दो साथी गुमाएको छु,” डा. भट्टराईले भनेका छन्, “उहाँ बुद्धि, निष्ठा र वितरणको प्रतीक हुनुहुन्थ्यो । समकालीन समयमा राजनीतिज्ञहरूको दुर्लभ प्रजाति । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र उहाँका आफन्तजनहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro