site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एफवानसफ्ट ह्याकिङ प्रकरण : खर्बाैंको नेपाली बैंकिङ्ग नेटवर्कको भविष्य कस्तो छ ?

काठमाडौं । नेपालमा डिजिटल बैंकिङ सेवाको सबैभन्दा ठूलो सञ्जाल रहेको एफवानसफ्ट इन्टरनेसनलको खाताबाट रकम चोरी भएको घटनाले अनलाइन बैंकिङ नेटवर्कमाथि नै थप चिन्ता बढाएको छ ।

एफवानसफ्टले आफ्नो अकाउन्टबाट रकमान्तर भएको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएपछि हाल अनुसन्धान जारी छ । तर एफवानसफ्टले यो विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सिटिजन्स बैंकमा रहेको खाताबाट कसरी रकम चोरी भएको हो भन्ने विषयमा साइबर ब्युरोलाई दिएको निवेदन बाहिर एफवानसफ्टले कुनै जानकारी खुलाएको छैन । सिटिजन्स बैंकका अधिकारीले उक्त रकम अकाउन्टमा अनधिकृत पहुँच पाएका व्यक्तिबाट अन्यत्रै ट्रान्सफर गरिएको दाबी गरेका छन् ।

Dabur Nepal

साइबर ब्युरोका एक अधिकारीले भने यो घटना त्यतिमा मात्रै सीमित नरहेको जनाएको छ । वास्तविक जानकारी नबाहिरिँदा एफवानसफ्टले विकास गरेर सञ्चालनमा राखेको अनलाइन बैंकिङ सिस्टम नै ह्याक भएको आशंका बढेको छ ।

सिटिजन्स बैंकले एफवानसफ्टले नै बनाएको अनलाइन एवम् इन्टरनेट बैंकिङ सञ्चालनमा राखेको छ । सिटिजन्स मात्रै हैन नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थाले एफवानसफ्टकै सिस्टम प्रयोग गरेका छन् । कम्पनीले आफैंले नेपालका ६९ बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ सुविधा दिइरहेको बताएको छ ।

यसको अर्थ यदि एफवानसफ्टले नै बनाएको सिस्टम ह्याक गरेर ह्याकरले पैसा अन्त ट्रान्सफर गरेका हुन् भने यसले सिंगो बैंकिङ क्षेत्रको अनलाइन सिस्टम नै जोखिमा रहेको संकेत गरेको एक विज्ञको टिप्पणी छ ।

नेपालमा २० वटा वाणिज्य बैंक छन्, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स र दर्जनौं माइक्रोफाइनान्स छन् । खर्बाैं रुपैयाँका यी बैंक तथा वित्तीय संस्थाको मोबाइल एवम् इन्टरनेट बैंकिङको सिमा तोकिएको रकम मात्रै पनि अर्बाैं हुन जान्छ ।

मोबाइल बैंकिङका प्रयोगकर्ताले समग्रमा दैनिक करोडौं रुपैयाँको ट्रान्जेक्सन गर्ने गरेका छन् ।  यो सिस्टममा ह्याकरहरुले पहुँच बनाउनसक्ने हो भने बैंकिङ नेटवर्कबाट ठूलो रकम ठगी हुन सक्ने देखिन्छ ।

बैंकहरुले समान एवम् अन्तर बैंक भुक्तानी, क्यूआरमार्फत भुक्तानीदेखि सरकारी तथा निजी बिलिङको सुविधा पनि एफवानसफ्टको सिस्टमबाट उपलब्ध गराउँदै आएका छन् । एफवानसफ्ट आफैं ह्याकिङमा परेको हो र सिस्टम ह्याक भएरै रकम चोरी भएको हो भने यसले अधिकांस बैंकिङ नेटवर्क नै जोखिममा पर्न सक्ने ती विज्ञको टिप्पणी छ ।

फोनपे, क्यूआरदेखि ईसेवासम्म

एफवानसफ्ट अन्तर्गत सञ्चालनमा रहेको क्यूआरसहितको डिजिटल पेमेन्ट सिस्टम फोनपे र डिजिटल वालेट ईसेवाले पनि अनलाइन बैंकिङमा महत्वपूर्ण हिस्सा ओगटेको छ । 

बिहीबारमात्रै पनि ईसेवाले आफ्नो सिस्टममा समस्या आएको सूचना जारी गरेको थियो । एफवानसफ्ट आफुले आफ्नो अकाउन्टबाट कसरी रकमान्तर भयो भन्ने जानकारी दिएको छैन । यस विषयमा बुझ्न खोज्दा कम्पनीका अधिकारीहरूसँग सम्पर्कमा आउन चाहँदैनन् ।

सिटिजन्स बैंकका अधिकारीले उक्त रकम बैंकको सिस्टमको कमजोरी नभएर एफवानसफ्टबाटै अनधिकृत पहुँच पाएका व्यक्तिबाट भएको जनाएका छन् ।

साइबर ब्युरोका अधिकारीले भने घटना त्यतिमा मात्रै सीमित नभएको हुँदा गम्भीर अनुसन्धान जरूरी रहेको बताएका छन् । एफवानसफ्टको खाताबाट तीन करोड बताइए पनि त्यतिमा सीमित नभएको बताउँदै ब्युराले अनुसन्धानपछि थप विवरण उपलब्ध हुने जानकारी गराएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro