site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको पन्जाबमा बस दुर्घटना, आठजनाको मृत्यु
फाइल तस्बिर ।

नयाँ दिल्ली । उत्तरी भारतको पन्जाब राज्यमा एउटा यात्रुवाहक बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

दुर्घटना पन्जाबको भटिन्डा जिल्लाको जीवनसिंह वाला गाउँनजिक भएको हो । बस तीव्र गतिमा गुडेको तथा चालकले नियन्त्रण गुमाएपछि नालीमा खसेको हो ।

दुर्घटनाको लगत्तै स्थानीय बासिन्दा घाइतेरूलाई मद्दत गर्न घटनास्थलमा पुगे र प्रहरीलाई खबर गरे । प्रहरीले उद्धार कार्यमा आफ्नो टोली र विपद् व्यवस्थापन बलका कर्मचारीहरू पठाए ।

“आजको दुर्घटनामा एक दुई वर्षीया बालिका सहित आठजनाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ,” भटिन्डाका एक वरिष्ठ सरकारी अधिकारी शौकत अहमद परेले मिडियालाई बताए, “तलबन्दी अस्पतालमा पाँचजनाको र अन्य तीनजनाको सिभिल अस्पताल भटिन्डामा मृत्यु भएको पुष्टि भएको छ ।”

भटिन्डाका एक वरिष्ठ प्रहरी अधिकारी अमनीत कोन्डलले दुर्घटनास्थलबाट ४६ यात्रुको उद्धार गरिएको बताए । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro