site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
 
पार्टीले विभागलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशील बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागको बैठक चलिरहेको बस्नेतले बताएका छन् ।
 
जसपा नेपालले पुस ८ गतेदेखि पुस २४ गतेसम्म गठन भएका विभागको बैठक पालैपालो बस्ने गरी बोलाएको छ । 

गठन भएपछिको अधिकांश विभागको पहिलोपटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro