विदेश
काठमाडौं । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको तालिवान सरकारले बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । तालिबान अधिकारीहरूले आक्रमण वजिरिस्तानका शरणार्थीलाई लक्षित गरी गरिएको थियो ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दीनले समाचार एजेन्सी एएफपीलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाएको बताएका छन् ।
तालिवान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातालेले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ ०८:२३
प्रतिक्रिया दिनुहोस्