site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसी जनरलको हत्यामा संलग्न आरोपमा उज्वेक नागरिक पक्राउ
जनरल इगोर किरिलोभ ।

काठमाडौं । रुसको सुरक्षा सेवाले जनरल इगोर किरिलोभको हत्या गरेको आरोपमा एक उज्वेकिस्तानी नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

मंगलबार मस्कोमा विस्फोटमा परी रुसको आणविक रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभको मृत्यु भएको थियो । विस्फोटक पदार्थ स्कुटरमा लुकाइएको थियो । यो घटनामा किरिलोभको एक सहायकको पनि मृत्यु भएको थियो ।

युक्रेनले उक्त घटनाको जिम्मेवारी लिएको छ । रुसले यसलाई ‘आतंकवादी कार्य’ भनेको छ ।

रुसको सरकारी मिडिया एजेन्सीले रुसको सुरक्षा सेवालाई उद्धृत गर्दै २९ वर्षीय उज्वेक नागरिकलाई पक्राउ गरिएको जनाएको छ । उनलाई युक्रेनी गुप्तचर विभागले भर्ती गरेको थियो ।

युक्रेनी सुरक्षा स्रोतले जनरल किरिलोभले धेरै युद्ध अपराध गरेका कारण निसानामा रहेका जनाएको थियो ।

पक्राउ परेका ती युवकले सोधपुछका क्रममा आफू ‘युक्रेनको विशेष सेवामा’ भर्ती भएको स्वीकार गरेका छन् । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro