विदेश
मोगादिसु । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए)ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालियामा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ ।
मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसलाई सहयोग गर्नमा केन्द्रित रहेको र ४० लाख मानिसलाई सहायताका लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।
यद्यपि, ओसीएचएले चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौँ सोमालीको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ ०६:३९
प्रतिक्रिया दिनुहोस्