site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्ल्डलिंकले नयाँ लाइसेन्स पाएपछि ग्राहकलाई भन्यो– धन्यवाद
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो अनुमतिपत्र (लाइसेन्स) नवीकरण भएको बताएको छ । कम्पनीले २५ वर्ष पूरा भएपछि म्याद नाघेको नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नवीकरण भएको बताएको हो ।

कानुन अभावले रोकिएको लाइसेन्स नवीकरण प्रक्रिया पूरा भएसँगै संस्थाको विश्वसनीयता र क्षमता थप बलियो भएको कम्पनीको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वर्ल्डलिंकले विगतदेखि मर्मत सम्भार शुल्कसम्बन्धी मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनहरूमा पनि आफ्नो संवैधानिक हकको पूर्ण प्रयोग गर्ने बताएको छ ।

उक्त मुद्दामा सर्वोच्च अदालतको निर्णय आएसँगै त्यसको सम्मान गर्दै संस्थाले आफ्नो कानुनी दायित्व पूरा गरिसकेको बताएको छ ।

Royal Enfield Island Ad

“लामो कानुनी प्रक्रियामा यस संस्थालाई भरोसा दिलाउनु हुने र भरोसा गर्नु हुने आदरणीय ग्राहक महानुभावहरूप्रति वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड हार्दिक आभार प्रकट गर्दछ,” कम्पनीका सीईओ केशव नेपालले एक वक्तव्यमा लेखेका छन् ।

उनले यस प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष सघाउने, चासो राख्ने र सहयोग गर्ने सम्पूर्णलाई कम्पनीकोतर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

कम्पनीले आगामी दिनमा बाँकी रहेका नेपालका हरेक कुना काप्चामा इन्टरनेट सेवा पुर्‍याउने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro