site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दिनेश राउतलाई प्रश्न– ‘महाभोज’मा किन कलाकारको भीड ?

काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले ‘महाभोज’ निर्माण गर्न लागेका हुन् । 

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, कमलमणि नेपाललगायत कलाकारहरूको मुख्य अभिनय रहने निर्देशक राउतले बताएका छन् । 

किन यति धेरै स्टार कलाकार भन्ने प्रश्नमा निर्देशक राउत भन्छन्, “चलचित्रका पात्र छन् । पात्र भएपछि कलाकार चाहियो । कलाकार लिने क्रममा अहिले अनुबन्ध भएका नाम आएका हुन् ।” 

‘महाभोज’मा पारिश्रमिकमा ठूलो रकम खर्च हुने भएको छ । “पारिश्रमिकमा धेरै खर्च भएपछि लगानी बढ्छ, लगानी बढेपछि रिस्क पनि बढी हुन्छ,” निर्देशक राउतले बाह्रखरीसँग भने, “तर, राम्रो कथामा राम्रो काम भएपछि रिस्क कम हुन्छ भन्ने हाम्रो बुझाइ छ ।”  

चलचित्रलाई निर्माता हिमाल कडरियाले लगानी गर्नेछन् । चलचित्रको निर्माणमा कडरियाको क्लक वर्क क्रिएसन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्य गरेका छन् ।

‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही अभियान रहेको निर्देशक राउतले बताएका छन् । 

आम मानिसको जीवन र उनीहरूको भरोसाको पक्षमा उभिने तथा सत्यका लागि अन्यायविरुद्ध आवाज उठाउने कथा चलचित्रले प्रस्तुत गर्ने राउतले बताए ।

निर्देशक राउतले माघ १ गतेदेखि छायांकन सुरु हुनेछ । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् । निर्देशक राउतका अनुसार आउँदो वैशाख अथवा जेठमा ‘महाभोज’ रिलिज हुनेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro