site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस, एमाले र माओवादीको पुच्छर समाउने नयाँ पार्टी पनि आएको छ : रवीन्द्र मिश्र 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कांग्रेस, एमाले र माओवादीको पुच्छर पार्टीको संज्ञा दिएका छन् । पार्टीका काठमाडौं–१६ का वडाध्यक्ष उमेदवारलाई भोट माग्न आयोजित सभामा मिश्रले नयाँ पार्टी पुरानाभन्दा फरक नभएको बताए । 

उनले पूरानै पार्टीहरूको मुद्दामा साथ दिनेगरी नयाँ पार्टी आएको बताए । “अहिले त कांग्रेस एमाले र माओवादीको पुच्छर समाएर हिँड्ने नयाँ पार्टी पनि आएको छ,” वरिष्ठ उपाध्यक्ष मिश्रले भने । 

उनले देश बचाउन कांग्रेस, एमाले र माओवादीसहित नयाँ आएको पार्टीलाई साथ दिन नहुने बताए । उनले देशमा रोजगारी नभएर विदेशीनेहरू स्वदेश फर्कने वातावरण बनाउन राप्रपालाई भोट हाल्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro