site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वेल्समा सन्जितकुमारले जिते स्वर्णसहित दुई पदक 
SkywellSkywell

काठमाडौं । सन्जितकुमार राई डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा स्वर्णसहित दुई पदक जितेका छन् । नोभेम्बर २४ मा ईबीबीडब्लू भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान एक स्वर्ण र रजत जितेका हुन् । 

सन्जितले क्रियटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जिते । उनले २६.७ अंक जोडे । ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकबेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गरे ।

KFC Island Ad
NIC Asia

प्रतियोगितामा ४५० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको क्रममा सन्जितको डब्लूएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो ।

सन्जितको पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि, सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । 

Royal Enfield Island Ad

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले दुई स्वर्ण जितेका छन् । सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्ष हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro