site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल सेन्ट्रल ओपन : पहिलो दिन तोरण विक्रम शाही शीर्षस्थानमा 

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।

उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे । बोगी रहित फ्रन्ट नाइन खेले । तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि दशौँ होलमा एक सट खेर फाले । तर, यसपछि १२औँ, १३औँ र १५औँ होलमा एक–एक सट बचाएर ब्याक नाइन २–अन्डर ३४ मा सकाए । यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे ।  

नेपाल नम्बर एक प्रो भुवनले पनि फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे । पहिलो, तेस्रो र सातौँ होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । उनले ब्याक नाइनमा तीन बर्डी प्रहार गरे पनि दुई बोगी खेपे । ब्याक नाइनमा मात्र १–अन्डर ३५ को स्कोर निकाले । १०औँ, १६औँ र १७औँ होलमा एक–एक सट बचाए । तर, १४ औँ र १८औँ होलमा बोगी प्रहार गरे । ब्याक नाइनको दुई बोगीको कारण उनले शीर्षस्थान गुमाए । 

सुनिल केसीले सुरूवात भने राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गरे । पाँचौँ र छैटौँ होलमा एक–एक सट खेर फाले भने सातौँ होलमा बर्डी प्रहार गरे । यसपछि ब्याक नाइनमा आज उनले सानदार प्रदर्शन गरे । ११औँदेखि १४औँ होलमा लगातार चार बर्डीको सफलता प्राप्त गर्दा १८औँ होलमा पनि एक सट बचाए । ब्याक नाइन ५–अन्डर ३१ मा पूरा गर्दा ४–अन्डर ६८ को स्कोरकार्ड तयार पारे । 

प्रतियोगितामा ३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे । यस्तै २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन् । एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे । १–ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् । 

चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र १३ प्रोफेसनल गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ । ३६ होलपछि कट लागु हुनेछ । प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro