site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले यसरी गरे आठ क्रिकेट खेलाडीको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टिमका कप्तानको प्रशंसा गरेका छन् । उनले आठै टिमका कप्तान/मार्की खेलाडीको नामै लिएर प्रंशसा गरेका हुन् ।

काठमाडौंको धरहरा परिसरमा सोमबार प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा उनले क्रिकेट युवापुस्ताको एउटा सपना र गौरव बनेको बताए । क्रिकेट खेल मात्र नभएर राष्ट्रिय जागरुकता, अनुशासनको प्रतीक पनि बनेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, जनकपुर बोल्ड्सका मार्की खेलाडी आसिफ शेखको प्रशंसा गरे । उनले काठमाडौं गोर्खाजका कप्तान करण केसी, चितवन राइनोजका कुशल मल्ल, पोखरा एड्भेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहित पौडेल, लुम्बिनी लायन्सका रोहित पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीको पनि खुलेर प्रशंसा गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्बोधन पढ्नोस्–
क्रिकेट हाम्रो युवापुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभई हाम्रो राष्ट्रिय जागरुकता, अनुशासनको प्रतीक पनि बनेको छ । जनकपुर बोल्ड्सका कप्तान आसिफ शेखले स्पोर्ट्सम्यानसिप देखाउँदै आयरल्यान्डका खेलाडीलाई रनआउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । आसिफ शेखलाई क्याप्टेन कुल, शान्त भनेर नाम, उपनाम दिए पनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाई भनेर सम्बोधन गर्ने कुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एड्भेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्ट्याउन सकेको छैन जस्तो लाग्छ । यसपटक ९९ मा आउट हुन नपरोस्, शतक हान्नु भन्ने मेरो शुभकामना छ । हाम्रो साथीहरूले चितवन राइनोज भन्ने गर्नुभएको छ, मचाहिँ चितवन गैँडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरू क्रिकेटचाहिँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानोजस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो कि मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्रान्ड एम्बास्डरजस्तै रहे । बीबीएलदेखि आईपीएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ– नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ती योर्करहरूलाई कसले भुल्न सक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ, नेपाली क्रिकेटका बाघ दीपेन्द्रसिंह ऐरीको ६ छक्काको कीर्तिमान मलाई स्मरण छ । एनपीएलमा यस्ता धेरै कीर्तिमान बनून् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ । एनपीएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्दछ भन्ने मलाई विश्वास छ । क्यानका पदाधिकारीहरूले आगामी दिनमा महिला विशेष एनपीएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro