site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध भारतको सहज जित 

काठमाडौं । घरेलु टिम अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले सहज जित निकालेको छ ।

प्रतियोगिताको चौथो दिन भारतले प्रस्तुत गरेको ५३४ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले तेस्रो सेसनमा सबै विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो । योसँगै पाहुना टिमले २९५ रनको जित निकालेको हो ।

पहिलो इनिङमा पाहुना टिमलाई १५० रनमा रोक्दै अस्ट्रेलियाले बलियो सुरुआत गरेको थियो । तर, पहिलो इनिङमा अस्ट्रेलियालाई १०४ रनमै समेट्दै भारतले खेल नियन्त्रणमा राखेको थियो ।

दोस्रो इनिङमा विराट कोहली र यशस्वी जयसवालले शतक बनाएपछि भारतले ४८७ रन बनाएको थियो । दोस्रो इनिङमा जयसवालले १६१ रन बनाए । पहिलो विकेटका निम्ति केएल राहुलसँग २०१ रनको उत्कृष्ट साझेदारी गरेका जयसवालले २९७ बलको सामना गर्दा १५ चौका र तीन छक्का प्रहार गरे । राहुलले भारतीय टिमको खातामा ७७ रन थपे ।

विराटले अविजित १०० रन बनाए । उनले १४३ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कोहलीको यो ८१औँ अन्तर्राष्ट्रिय शतक हो । वासिङ्टन सुन्दरले २९, देवदत्त पडिकलले २५ र नीतीशकुमार रेड्डीले तीन रन थपे ।

दोस्रो इनिङमा ५३४ रनको विशाल लक्ष्यसहित मैदानमा उत्रिएको अस्ट्रेलिया २३८ रनमै समेटियो । शीर्ष क्रमका पाँच ब्याटरलाई स्कोरबोर्डमा ७९ रन मात्र जोड्दा गुमाएपछि अस्ट्रेलिया कमजोर बनेको हो ।

ट्राभिस हेडले ९८ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् । घरेलु टिमको खातामा मिचेल मार्सले ४७, एलेक्स क्यारीले ३६, स्टिभ स्थिमले १७ र मिचेल स्टार्कले १२ रन थपे ।

जितसँगै पाँच खेलको शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो टेस्ट आउँदो डिसेम्बर ६ देखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro