site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सद्भव आचार्यले फ्लाडो फाल्डो जुनियर टुर युरोपेली ग्रान्ड फाइनलमा च्याम्पियन बन्दै रचे इतिहास
SkywellSkywell

काठमाडौं ।  नेपालका टप एमेच्योर गल्फर सद्भव आचार्यले फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा ब्वाइज यू–२१ अन्तर्गतको प्रतियोगितामा सनसनीपूर्ण जित हात पार्दै इतिहास रचेका छन् । युनाइटेड अरब एमिरेट्सको अबु धाबी स्थित अल एन गल्फ क्लबमा आयोजित प्रतियोगितामा सद्भावले डेनमार्ककका भिक्टर कोफोड–ओल्सेनविरुद्ध दुई–स्ट्रोकको जित निकालेका हुन् ।

तीन दिनको खेलमा कुल पाँच–अन्डर–पार २०५ सहित आचार्य च्याम्पियन बनेका हुन् । यससँगै यो उपलब्धि हासिल गर्ने उनी नेपालको पहिलो नेपाली गल्फर बनेर इतिहास रचेका हुन् । अन्तिम राउन्डमा दुई–स्ट्रोकपछि रहेका १८ वर्षीय आचार्यले दबाबकाबीच देखाएको संयमताले उनलाई यो महत्वपूर्ण जित दिलाएको थियो ।

KFC Island Ad
NIC Asia

वान–अन्डर–पार ६९ को अन्तिम राउन्डमा उनले पार–४ को चौंथो होल दुई स्ट्रोकमै पूरा गर्दै कोफोड–ओल्सेनसँग बराबरी गरे । छैटौं र ९औं होलमा एक स्ट्रोक बढी लिएका आचार्यले १३ औं र १५ औं होलमा क्लच बर्डीजसहित महत्वपूर्ण जित हात पारेका हुन् ।

दुई राउन्डसम्म लिड गरेका कोफोड–ओल्सेन अन्तिममा थ्रि–ओभर–पार ७३ सहित दोस्रो भए । तीन वटै खेलमा उनी थ्रि–अन्डर–पार २०७ मा सिमित रहे । स्विडेनका विलियम स्वानस्ट्रोम (७०) र बेलायतका बेन बोल्टन (६९) एक–अण्डर पार २०९ सहित तेस्रो स्थानमा रहे । बेलायतका पाउल कोलिङ्गटन एक–ओभर–पार २११ सहित टप पाँचमा पर्न सफल भए ।

Royal Enfield Island Ad

तीनवटै राउन्ड ७०, ६६ र ६९ मा पूरा गरेका आचार्यले सबै क्याटगोरी अन्तर्गत दोस्रो–स्तरको फिनिस उपलब्धि पनि पाए । उनी पुरुष यू–१६ मा सेभेन–अन्डर–पार २०३ सहित च्याम्पियन बनेका बेलायतका डियोन रेगनभन्दा दुई स्ट्रोक मात्रै पछि परे ।

प्रतिस्पर्धामा सहभागी अन्य नेपाली खेलाडी केही चुनौतीको सामना गरेपनि राम्रो अनुभव प्राप्त गरे । पुरुष यू–१६ अन्तर्ग नेपालका जैबिर आचार्यले ४६–ओभर–२५६ सहित ११ औं स्थान बनाए । महिला यू–१६ अन्र्तगत आइस्टिना टण्डनले ९७–ओभर–पार ३०७ सहित ९औं स्थान बनाइन् ।

यस वर्षको सुरुमा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा विजयी भएपछि तीनै नेपाली गल्फर विशेष निमन्त्रणा मार्फत युरोपियन ग्रान्ड फाइनलमा सहभागी भएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro