site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिग लिडर बार्सिलोना रोकियो, दोस्रो स्थानमा उक्लियो एट्लेटिको 

काठमाडौं । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ को बराबरीमा रोकिएको हो । 

खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदासम्म बार्सिलोनाले २–० को अग्रता बनाएको थियो । तर, अन्तिम ६ मिनेटमा दुई गोल फर्काउँदै सेल्टा भिगोले हेन्सी फ्लिकको टिमबाट एक अंक खोस्न सफल बनेको हो । 

Dabur Nepal
NIC Asia

खेलको १५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । ६१औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले पाहुना टिमको अग्रता दोब्बर बनाए । खेलको ८२औँ मिनेटमा मार्क कासाडोले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसको दुई मिनेटपछि नै सेल्टा भिगोले पहिलो गोल फर्कायो । 

घरेलु टिमका अल्फोन्सो गोन्जालेजले गोल गर्दै बार्सिलोनाको अग्रतालाई २–१ मा झारेका थिए । ८६औँ मिनेटमा ह्युगो अल्भारेजको गोलमा सेल्टा भिगो खेलमा फर्कियो । बराबरीमा रोकिए पनि एक अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायमै छ । 

बार्सिलोनाले १४ खेलबाट ३४ अंक जोडेको छ । समान खेलबाट १८ अंक जोडेको सेल्टा भिगो तालिकाको ११औँ स्थानमा छ ।

शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड जितसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले डिर्पोटिभो अलाभेसविरुद्ध २–१ को जित निकालेको हो । 

खेलको पहिलो हाफमा जोन गुरिडीको गोलमा डिर्पोटिभो अलाभेसले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा एन्टोइन ग्रिजमन र एलेसान्डर सोर्लोथले गोल गर्दै घरेलु टिमलाई जितसहित तीन अंक दिलाएका हुन् । 

जितसँगै १४ खेलबाट २९ अंक जोडेको एट्लेटिको तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोलाई पछ्याइरहेको रियाल मड्रिडको २७ अंक छ । तर, रियालले दुई खेल कम खेलेको छ । १४ खेलबाट १३ अंक जोडेको डिर्पोटिभो अलाभेस तालिकाको १६औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro