site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश 

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउने आदेश गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले आइतबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि प्रसाईंलाई उपस्थित गराउन आदेश जारी गरेको हो ।

सर्वोच्चले प्रसाईंलाई थुनामा राख्नुको कारण सोध्दै कारण देखाऊ आदेश जारी गरेको छ । प्रसाईंलाई अर्को पेसीमा उपस्थित गराउन आदेश दिइएको छ ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गएको शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यही मंसिर ४ गते प्रसाईंलाई सीआईबी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । हाल उनी नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानमा हिरासतमा छन् ।

प्रसाईं अदालतमा उपस्थित भई आफूले सार्वजनिक गरेका तथ्यको प्रमाण पेस गर्न सकेमा हिरासतमुक्त हुन सक्छन् । तर, प्रमाण पेस गर्न नसके जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा पठाउने आधार बन्न सक्छ ।

प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, डा. सुरेन्द्र भण्डारी र टंक दुलाले बहस गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro