site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको खराब लय कायमै, टोटनहमविरुद्ध फराकिलो हार

काठमाडौं । पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ । सिटीले शनिबार राति भएको खेलमा घरेलु मैदान इत्तिहाद रंगशालामै टोटनहमविरुद्ध ४–० को फराकिलो हार व्यहोरेको हो । 

टोटनहमको जितमा जेम्स म्याडिसनले दुई गोल गरे । पेड्रो पोरो र ब्रनान जोन्सनले समान एक गोल थपे । खेलको १३औँ मिनेटमा म्याडिसनले गरेको गोलमा टोटनहमले अग्रता बनाएको थियो । २०औँ मिनेटमा म्याडिसनले नै गोल गरेपछि टोटनहमले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ५२औँ मिनेटमा पोरोको गोलमा टोटनहमले अग्रतालाई ३–० मा पुर्‍यायो । 

Dabur Nepal
NIC Asia

यस्तै, इन्जुरी समयमा जोन्सनले गोल थपेपछि टोटनहमले ४–० को जित पक्का गरेको हो । सिटीको यो हारको शृंखला प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षण करियरकै सबैभन्दा खराब लय हो । 

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले प्रिमियर लिगका खेलमा लगातार तेस्रो हार बेहोरेको पनि यो पहिलोपटक हो । उनको प्रशिक्षण करियरमा यसअघि कुनै पनि टिमले घरेलु मैदानमै चार गोलको हार व्यहोरेका थिएनन् । 

प्रिमियर लिगमा लगातार तेस्रो हार व्यहोरेको सिटी तालिकामा भने दोस्रो स्थानमा छ । सिटीले १२ खेलबाट २३ अंक जोडेको छ । जुन शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंक कम हो । 

लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ । १२ खेलबाट १९ अंक जोडेको टोटनहम भने तालिकाको छैटौँ स्थानमा छ । प्रिमियर लिगमा शनिबारै भएका अन्य खेलमा आर्सनलले नटिंघम फरेस्टविरुद्ध ३–० को र चेल्सीले लेस्टर सिटीविरुद्ध २–१ को जित निकालेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro