site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राहदानी विभागबाट आंशिक सेवा सुरु, जिल्ला र नियोगबाट समय लाग्ने 

काठमाडौं । राहदानी विभागले आइतबारदेखि राहदानी सेवा आंशिक रूपमा सुरु गरेको छ । गएको शुक्रबारदेखि उक्त सेवा पूर्ण रूपमा अवरुद्ध थियो ।

विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले दिँदै आएको राहदानी सेवा सोही कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

भाइरसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनुपर्ने भएकाले जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूबाट राहदानी सेवा बन्द गर्नुपरेको विभागले जनाएको छ ।

“उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन एक–दुई हप्तासम्म लाग्न सक्ने देखिएको छ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको सूचनामा जनाइएको छ । “यसअघि नै फाराम भर्ने सेवाग्राहीहरूलाई सेवा प्रदान सुरु गरिसकिएको र एक–दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ खुला गरिनेछ,” सूचनामा भनिएको छ ।

भाइरस देखापरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको तथा आवेदकको तथ्यांक पूर्ण सुरक्षित रहेको दाबी विभागले गरेको छ । विभागले सेवाग्राहीलाई धैर्यता अपनाउन अनुरोध समेत गरेको छ ।

“अत्यावश्यक पर्ने सेवाग्राहीहरूका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ,” विभागले भनेको छ ।

आ–आफ्नो जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिनेसम्बन्धी अध्यावधिक जानकारीका निम्ति ती निकायमा सम्पर्क गर्न समेत विभागले भनेको छ ।

“सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा सादर अनुरोध गर्दै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro