site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्टार स्पोर्ट्सलाई लिएर विज्ञापन बोर्डले क्यानलाई लेख्यो पत्र

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण विदेशी प्रसारकलाई दिएको विषयमा नेपाल विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेखेको छ । 

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मणप्रसाद हुमागाईंले विदेशी टेलिभिजन च्यानलहरूको हकमा विज्ञापनरहित प्रसारण हुनुपर्ने कानुनी प्रावधान रहेको हुँदा क्यानको सम्झौता कानुनबमोजिम भए–नभएको भनि जवाफ पेसका लागि पत्र लेखेको बताए । 

“विदेशी च्यानलहरूको हकमा नेपालमा क्लिन फिडको प्रावधान छ । त्यसअनुसार क्यानले स्टार स्पोर्ट्ससँगको प्रसारण सम्झौतामा के कस्ता कुराहरू छन् थाहा पाउन हामीले सम्झौता वा एमओयू पेस गर्न भनेका छौँ । क्यानलाई जवाफ पेस गर्न सात दिनको म्याद राखेका छौँ,” हुमागाईंले बाह्रखरीसँग भने । 

यसअघि क्यानले स्टार स्पोर्ट्ससँग गरेको सम्झौता राष्ट्रहितविपरीत रहेको भन्दै नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स नेपालले संयुक्त रूपमा विरोध जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro