site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलको चर्चा : यसरी तयार हुँदै छ त्रिवि क्रिकेट मैदान

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको चर्चा चुलिएको छ । अन्य खेलकुद संघहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलकुद नै तरगिंत हुनेगरी चर्चा बटुलिरहेको हो ।

चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता । योसँगै अर्को चर्चाको विषय बनेको छ, टीयु खेल मैदान । योपटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकहरूले केही हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महसुस पक्कै गर्नेछन् ।

यी दृश्यहरूले पनि स्वरूप फेरिएको त्रिवि क्रिकेट मैदानको आभाष हुन्छ । विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाइ छ । योपटक साधारण प्याराफिटतर्फ पहिलोपटक जोन छुट्टाइएको छ । टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ । र चार जोनको लागि अलग अलग गेट बनाइएको छ ।

अर्को ठूलो परिवर्तन भनेको त्रिवि क्रिकेट मैदानना पहिलोपटक भीआईपी टिकटको व्यवस्था गरिनेछ । जसका लागि बस्ने मेच राखिएको छ । यहाँ दर्शकको लागि मेच राखिएको पहिलोपटक हो । दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको छ । १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ । साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ ।

यसबाहेक पहिलोपटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ । पहिलो पटक टीयुमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो । यसबाहेक अर्को महत्त्वपूर्ण पक्ष भनेको पिच हो । पिचमा लगानी र मेहनत भरपुर गरिएको छ ।

बंगलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ । सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ । दर्शक र मैदानबीचको बारलाई सारिएको छ । जसले गर्दा बाउन्ड्री नै बढेको छ ।

अर्को ठूलो परिवर्तन भने भीआईपी र फ्रेन्चाइज लाउन्ज बनेको छ । मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ । प्रयाक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ । साइड स्क्रीन पनि परिवर्तन गरिएको छ । क्यान आफैँले गरेको स–साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ । तर, सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सीमित बनेको छ ।

यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ । आठ टिमबीच हुने एनपीएल यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन् । तर, योपटक क्यानको नेतृत्वमा पहिलोपटक हुन लागेको एनपीएलको रौनक बेग्लै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro