site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षाका प्रमुख निकायमा महिनौँदेखि पदाधिकारी रिक्त, किन हुँदैन समयमै नियुक्ति ? 
SkywellSkywell

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका महत्त्वपूर्ण निकायहरूमा अहिले प्रमुख पद रिक्त छन् । पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा कतिपय नितिगत निर्णय र काम कारबाही अड्किएका छन् । तर, पनि मन्त्रालयले भने पदाधिकारी नियुक्ति प्रक्रियामा तदारुकता देखाएको छैन ।

सीटीईभीटीको उपाध्यक्ष पद पाँच महिनादेखि रिक्त

प्राविधिक शिक्षामा प्रमाणपत्र तह सञ्चालन गर्ने प्रमुख निकाय प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी )को उपाध्यक्ष पद पाँच महिनादेखि रिक्त छ । यसअघिका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीको कार्यकाल गत असार २ गते सकिएसँगै यो पद खाली छ । मन्त्रालयले भने भदौ १७ गतेमात्रै नयाँ उपाध्यक्ष नियुक्तिका निम्ति दरखास्त आह्वान गरेको थियो । 

KFC Island Ad
NIC Asia

शिक्षामन्त्री अध्यक्ष रहने सीटीईभीटीमा उपाध्यक्ष पदका निम्ति मन्त्रालयले अन्तर्वार्तापछि छनोट भएका तीन नाम मन्त्रिपरिषद्‌‌मा पठाएको थियो । तर, मन्त्रिपरिषद्ले हालसम्म सो पदमा नियुक्ति दिन सकेको छैन ।

त्यसो त यसअघि सीटीईभीटीकै सदस्य सचिव नियुक्तिका निम्ति पनि सरकारले चार महिना समय गुजारेको थियो । तत्कालीन सदस्य सचिव जीवनारायण काफ्ले २०८० भदौ २१ बाट सदस्य सचिवबाट जिम्मेवारीमुक्त भएका थिए ।

Royal Enfield Island Ad

त्यसपछि मन्त्रालयले सो पदमा छनोट प्रक्रियाका निम्ति मंसिर दोस्रो सातासम्म समय लिएको थियो । सदस्य सचिव पद खाली भएको झन्डै चार महिनापछि ०८० पुस १२ मा मात्रै मन्त्रिपरिषद्ले हालका सदस्य सचिव महेश भट्टराईलाई नियुक्त गरेको थियो ।

यसरी लामो सयम मुख्य पदहरू रिक्त हुँदा नीतिगत काममा भने केही असर पर्ने सीटीईभीटीका अधिकारीहरू बताउँछन् ।

सीटीईभीटीका एक अधिकारी भन्छन्,  “उपाध्यक्ष नहुँदा माथिल्लो निकायसँग समन्वय गरेर निर्णय लिनुपर्ने तथा प्रक्रिया अघि बढाउनुपर्ने नीतिगत कामहरू अड्किएका छन् । सदस्य सचिवको मातहतमा हुने एकेडेमिक कामहरू नरोकिए पनि नीतिगत र कानुनी कामहरूमा भने अवरोध भएको छ ।”

तीन विश्वविद्यालयमा उपकुलपति पद रिक्त

अहिले सीटीईभीटी उपाध्यक्षसँगै तीनवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति र त्रिविका ६ वटा शंकायमा डिन पद रिक्त छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पद ०८१ साउनदेखि रिक्त छ । तत्कालीन डा. यादवप्रसाद लामिछानेले साउन २७ मा राजीनामा दिएसँगैँ सो पद खाली भएको थियो । 

गएको भदौ १७ गते तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा. भीमप्रसाद खतिवडालाई दिए पनि उपकुलपति पद नियुक्ति प्रक्रियामा सरकारले आलटाल गरिरह्यो । निमित्त उपकुलपतिको कार्यकाल एक महिना बाँकी रहँदा कात्तिक २८ गतेमात्रै मन्त्रालयले सो पदका निम्ति दरखास्त आह्वान गरेको छ । 

दश दिनभित्र आवेदन दिन भनिएको सो पदका निम्ति परेका आवेदनमाथि थप प्रक्रिया मन्त्रालयले अघि बढाएको छैन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पदका निम्ति पनि १० दिनको म्याद राखेर मागिएको आवेदनमाथि पनि मन्त्रालयले थप प्रक्रिया अघि बढाएको छैन ।

यस्तै, पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदका निम्ति मन्त्रालयले कात्तिक २५ गते दरखास्त आह्वान गरेको छ ।

तोकिएको समयसीमा नाघिसक्दा पनि आवेदनमाथि थप प्रक्रिया अघि बढाउन किन ढिलाइ त ? बाह्रखरीको प्रश्नमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता  सहसचिव लक्ष्मीप्रसाद भट्टराई भन्छन्, “रिक्त पदपूर्तिका लागि कार्यविधि अनुसार मन्त्रालयले प्रक्रिया अघि बढाएको छ, हाम्रो तर्फबाट ढिलाइ भएको छैन ।”

तर, विश्वविद्यालय र सीटीईभीटीका प्रमुख पदहरूमा दलगत भागबन्डा मिलाउन मन्त्रिपरिषद्ले नै आलटाल गर्ने गरेको पूर्वउपकुलपतिहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro