site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुसदेखि फर्मासिष्ट र फार्मेसी सहायकलाई नामसहितको एप्रोन अनिवार्य  
Dabur Nepal
NIC Asia

काठमाडौं । आगामी पुस ४ गतेदेखि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले नेमट्यागसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने भएको छ । फार्मेसी ऐन कार्यान्वयन गर्न नेपाल फार्मेसी परिषद्ले यस्तो निर्णय गरेको हो । 

परिषद्को मंसिर ४ गतेको निर्णयअनुसार फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रंगको र फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नेमट्याग लगाउनुपर्नेछ । 

ट्यागमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख हुनुपर्ने परिषद्को निर्णय छ । यो आचारसंहिता पालना भए नभएको परिषद्बाट अनुगमन हुने जनाइएको छ । पालना नगरेमा परिषद्को नियमावली २०५९ परिच्छेद ३ बमोजिम कारबाही हुने परिषद्ले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro