site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीपीडित र प्रहरीबीच माइतीघरमा झडप

काठमाडौं । सहकारीपीडित र प्रहरीबीच झडप भएको छ । ललितपुरबाट काठमाडौंको माइतीघर मण्डला पुगेका सहकारीपीडितहरूबीच बुधबार दिउँसो झडप भएको हो । झडपमा परेर केही प्रर्दशनकारी घाइते भएका छन् ।

प्रर्दशनमा उत्रिएका सहकारीपीडितले निशेधाज्ञा तोड्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । झपडलाई सामान्य बनाउने प्रयास भइरहेको जनाइएको छ । 

सहकारीमा बचत गरेको आफ्नो रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारीपीडितहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले आफुहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

सहकारीपीडितहरूको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरूले पीडितहरुको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगायतका प्लेकाड प्रदर्शन गरेका थिए ।

माइतीघरमा प्रदर्शन गरेपछि सहकारीपीडितहरू नयाँबानेश्वरतर्फ अघि बढेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro