काठमाडौं । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली त्यसतर्फ लागेकी छन् । नोभेम्बर १९ (आज) देखि नोभेम्बर २७ सम्म आयोजना हुने प्रतियोगिताका लागि उनी सोमबार साँझ कम्बोडिया गएकी हुन् ।
प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले बुद्धको थिम बनाएकी हुन् ।
नेपालको नाम विश्वमा चिनाउने अवसर पाएको बताउँदै उनले आफूले सक्ने प्रयास गर्ने बताइन् । ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ ।
उनी नेपालको प्रतिनिधित्व गर्दै नेक्स्ट मोडल्स नेपालमार्फत कम्बोडिया गएकी हुन् । वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन् । अनिसा केही समयअगाडि काठमाडौंमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर अप विजेता समेत हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् ।