site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पुष्पा–२ : द रुल’को ट्रेलरलाई १७ घण्टामा ३० मिलियन भ्युज 

काठमाडौं । चलचित्र ‘पुष्पा–२ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ । वर्षकै प्रतिक्षित बनेको चलचित्रको ट्रलेर टि–सिरिजमा १७ घण्टामा ३० मिलियनभन्दा धेरै दर्शकले हेरेका छन् । 

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलरको भ्युजले चलचित्र प्रतिक्षित बनेको देखाएको छ । 

डिसेम्बर ५ मा रिलिज हुने चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्